नियम २४
शुल्क वा दस्तुर लगाउन सक्ने
(१) परिषद्ले संरक्षण क्षेत्रको दीगो संरक्षण तथा व्यवस्थापन गर्ने प्रयोजनको लागि देहाय बमोजिमका शुल्क वा दस्तुर निर्धारण गरी असूल गर्न सक्नेछः–
(क) संरक्षण क्षेत्रभित्र पर्यटक प्रवेश वापतको प्रवेश शुल्क,
(ख) पर्वतारोहीहरू र पदयात्रीहरूबाट प्राप्त हुने सरसफाइ शुल्क,
(ग) संरक्षण क्षेत्र भित्रका वन पैदावार र जडीवुटी संकलन र ओसारपसार गर्न अनुमति दिएवापतको दस्तुर,
(घ) संरक्षण क्षेत्रभित्र व्यापारिक प्रयोजनको लागि डकुमेण्ट्री वा फिचर फिल्म छायांकन अनुमति दिएवापतको दस्तुर,
(ङ) संरक्षण क्षेत्रभित्र हेलिकप्टर वा अन्य उपकरण अवतरणवापतको दस्तुर,
(च) संरक्षण क्षेत्रभित्र अन्य कुनै मनोरञ्जनात्मक वा रोमाञ्चकपूर्ण (वंजी जम्पि·, माउण्टेन वाइकि·, कनोइङ, स्कीङ्ग, रक
क्लाइविङ्ग, ह्यांग ग्लाइडि·, पारा ग्लाइडि· आदि) कार्य गर्न अनुमति दिएवापतको दस्तुर,
(छ) संरक्षण क्षेत्रभित्र पर्यटन सेवा सञ्चालन गर्न अनुमति दिए वापतको दस्तुर,
(ज) संरक्षण क्षेत्रभित्र लघु जलविद्युत परियोजना सञ्चालन अनुमति दिए वापतको दस्तुर,
(झ) परिषद्ले आफ्नै वा आफुलाई प्राप्त हुन आएको अन्य स्रोतबाट निर्माण भएको ऊर्जा (लघु जल विद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा
आदि) बाट उत्पादन हुने ऊर्जा विक्रीबाट प्राप्त हुने दस्तुर, र
(ञ) मन्त्रालयको स्वीकृति लिई तोकेका अन्य विषय वापत प्राप्त हुने शुल्क वा दस्तुर ।
(२) उपनियम (१) मा उल्लिखित कुराहरूमध्ये कुनै कार्यको अनुमतिपत्र जारी गरी संरक्षण क्षेत्रको नाममा संकलन गरिने शुल्क वा दस्तुर ऐनको दफा २५क बमोजिम मन्त्रालयबाट प्रतिशत निर्धारण भएबमोजिम परिषद्को खातामा जम्मा गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि उद्धार सम्बन्धी कार्यमा कुनै दस्तुर लाग्ने छैन ।